एचएमडी ग्लोबलका पूर्व कर्मचारी जुहो सार्भिकास क्वालकममा आबद्ध

  • Technology Khabar | २५ चैत्र २०७७, बुधबार
एचएमडी ग्लोबलका पूर्व कर्मचारी जुहो सार्भिकास क्वालकममा आबद्ध

काठमाडौं ।

एचएमडी ग्लोबलका पूर्व प्रमुख उत्पादन अधिकारी जुहो सार्भिकास क्वालकममा आबद्ध भएका छन्। आफ्नो कार्यकालमा नोकिया स्मार्टफोन ब्रान्डलाई एउटा उचाइमा पुर्याएका सार्भिकासले केही हप्ताअघि मात्रै एचएमडी छोडेका थिए।

आगामी अप्रिल १२ देखि सार्भिकासले क्वालकम सान डिएगोका उपाध्यक्ष तथा नर्थ अमेरिका विभागको अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।

यस कुराको जानकारी क्वालकम ग्लोबलका अध्यक्ष जिम क्याथीले ट्विटरमार्फत् दिएका हुन्।

उक्त ट्वीटलाई सार्भिकास आफैंले रिट्वीट गरेका थिए भने सान डिएगोका मुख्य कार्यकारीहरु, सञ्चारकर्मी तथा समर्थकहरुले स्वागत गरेका थिए।

सार्भिकासले यसअघि साढे ४ वर्ष एचएमडी ग्लोबलमा र १५ वर्ष स्मार्टफोनका क्षेत्रमा काम गरिसकेका छन्।

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार