दराजको नव वर्षको भव्य सेल योजना चैत्र २९ देखि शुरु हुने

  • Technology Khabar | २४ चैत्र २०७७, मंगलवार
दराजको नव वर्षको भव्य सेल योजना चैत्र २९ देखि शुरु हुने

काठमाडौं ।

अनलाइन मार्केट दराजले आगामी चैत्र २९ देखि नव वर्षको भव्य सेल योजना शुरु हुने घोषणा गरेको छ।

योजना अन्तर्गत आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर पाइने कम्पनीले जनाएको छ।

योजनाको प्रमुख आकर्षणहरूमध्ये पेमेन्ट पार्टनर छुट पनि रहेको छ जसमा ग्राहकहरुले सिमित डेबिट र क्रेडिट कार्डबाट प्री-पेमेन्ट गर्दा रु १००० देखि रु १५०० सम्मको छुट् पाउन सक्ने बताइएको छ।

साथै ई-सेवा वालेटको माध्यमबाट भुक्तानी गरेमा सीमित घण्टाको लागि रु ५०० सम्मको विशेष छुट पाउने तथा खेल १ रुपैयाँको, एड टू कार्ट, मिशन नव वर्ष २०७८ जस्ता गेमहरुमा भाग लिई थुप्रै उपहार जित्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार