नेपाल टेलिकमको चेतावनीः लामो समयदेखिको बक्यौता नतिर्ने ग्राहकहरुको सेवा फिर्ता

  • Technology Khabar | २३ चैत्र २०७७, सोमबार
नेपाल टेलिकमको चेतावनीः लामो समयदेखिको बक्यौता नतिर्ने ग्राहकहरुको सेवा फिर्ता

काठमाडौं ।

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई लामो समयदेखि रहेको पुरानो बाँकी बक्यौता रकम तिर्न अनुरोध गरेको छ।

कम्पनीले आजै सार्वजनिक सूचना प्रकाशित गर्दै पुरानो बाँकी बक्यौता रकम नजिकको कार्यालयमा गएर तिर्न भनेको हो।

कम्पनीले आगामी १५ दिनभित्र टेलिफोन सिडिएमए मोबाइल एडिएसएललगायतका सेवाहरुको रकम भुक्तानी गर्न भनेको छ।

सो समयावधिभित्र रकम नतिरेको खण्डमा ग्राहकहरुको सेवा फिर्ता लिई उनीहरुको तिनपुस्ते नामावली सार्वजनिकरुपमा प्रकाशित गरिदिने चेतावनी समेत दिएको छ।

त्यसैगरि बाँकी बक्यौता रकम सरकारी महशुल सरह असुल गरिने टेलिकमको बागमती प्रादेशिक निर्देशनालयले जनाएको छ।

प्रकाशित: २३ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार