
काठमाडौं ।
नेपालकै पहिलो पटक ‘ओ टु ओ’ कर्मश (अनलाइन टु अफलाइन) साथीमार्टले अबदेखि रोयल्टी नलिने भएको छ । नेपालकै सबैभन्दा धेरै र नेपालभर शाखा सन्जाल भएको साथीमार्टले यसअघि बजार बिस्तार गर्नको लागि लिदै आएको २ प्रतिशत रोयल्टी नलिने घोषणा गरेको हो ।
कुनैपनि वस्तुको बिक्री तथा व्यापार बृद्धि गर्नमा केन्द्रीत हुनुका लागि यसअघि लिईदै आएको २ प्रतिशत रोयल्टी नलिने कम्पनीका सिइओ सागर पोखरेलले जानकारी दिए ।
मार्टले हाल सिमित अवधिको लागि फ्रेन्चाइज शुल्क समेत नलिने पोखरेलले बताए । यो संगै अझ रफ्तारमा बजार बिस्तार गर्न तथा स्टोरलाई सामान उपलब्ध गराउन ग्राहकलाई ३० प्रतिशत सम्म छुट दिन सहज हुने कम्पनीले जनाएको छ ।
साथीमार्टको हाल ७० वटा आउटलेटहरु सञ्चालनमा रहेका छन् भने करिब चार सय जनाले प्रत्यक्ष र ६ सय भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
कम्पनीले साथी प्रडक्शन मार्फत अचार, ड्राइफुड, चिया, कफि, दाल चामल, ध्यु गुन्द्धक जस्ता नेपाली अर्गानिक वस्तुहरु तथा कस्मेटिक सामान, साबुन र सरफ लगायत २ सय भन्दा बढी उत्पादन गरी आफनै आउटलेटबाट र आउटलेटलाई नै डिस्टिब्युटर बनाई होलसेलमा विक्रि गर्ने योजना समेत कम्पनीले बनाएको पोख्रेलले बताए।
छिट्टै अनलाइन सपिङमार्फत मार्टले स्टोरबाट दिनभरी नै होम डेलिभरी सुबिधा दिने र ब्रान्डीङ, बिज्ञापन तथा उपहार योजना ब्यापक गर्ने समेत तयारी समेत गरेको छ।
साथीमार्टले युनिलिभर, डाबर, पिएनजि, जिलेट, ओले, हुइस्पर, ब्रीटानिया, केलोक्स, हर्लिक्स, सेन्सोडाइन तथा अन्य ३० भन्दा बढी वस्तुहरुको आधिकारिक डिस्ट्रीबयुटरसीप समेत बनेको छ।
यस्तै, मार्टले केही सिमित अवधिको लागि आक्रमक रुपमा बजार बिस्तारको लागि पुराना मार्टसंग मर्जर तथा नयाँ शाखा खोली काठमाण्डौंमा २०० को संख्या पुर्योउने लक्ष्य समेत राखेको छ।
सबै म्यानुअल तथा उच्च प्रबिधिबाट संचालन हुने तथा दशौं बर्ष रिटेलमा अनुभबी ब्यत्तिहरुबाट सपोर्ट हुनाले अर्काले खोले भन्दा आधा लगानीमा ब्रान्डेड मार्ट पाइने कम्पनीले जनाएको छ।
प्रकाशित: २२ चैत्र २०७७, आईतवार