नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् बिच सम्झौता

  • Technology Khabar | २० चैत्र २०७७, शुक्रबार
नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् बिच सम्झौता

काठमाडौं ।

नेपालको अग्रणी बैंक, नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. बिच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्सकी अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई. तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, ‘नबिल बैंकले सदैब दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राह्स्थ उत्पादनको प्रमुख योगदानकर्ता हो । हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्याउन उत्साहित छौं ।’

प्रकाशित: २० चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×