मनकामना केबलकार डिजिटल प्रविधिमा सञ्चालन गर्न तीन चरणमा स्तरोन्नती

  • Technology Khabar | १९ चैत्र २०७७, बिहीबार
मनकामना केबलकार डिजिटल प्रविधिमा सञ्चालन गर्न तीन चरणमा स्तरोन्नती

काठमाडौं ।

मनकामना केबलकारको स्तरोन्नति हुने भएको छ। नयाँ नयाँ प्रविधिको विकास भएसँगै केबलकारलाई नयाँ प्रविधियुक्त बनाउन लागिएको कम्पनीले जनाएको छ।

२०५५ सालदेखि संचालनमा आएको मनकामना केबुलकार अब डिजिटल प्रविधिमा रुपान्तरण हुने र यसका लागि कम्तीमा पनि २ वर्षको अवधि लाग्ने कम्पनीले जनाएको छ।

यो अवधिमा बेलाबखत केबलकारको सेवामा अवरुद्ध हुन सक्ने भन्दै कम्पनीले यात्रु तथा भक्तजनहरूलाई जानकारी गराएको छ।

केबलकारको स्तरोन्नतीका लागि कम्पनीले पहिलो चरणमा पार्टपुर्जा फेर्ने र दोस्रो चरणमा नयाँ पूर्वाधारको निर्माण गरिने जानकारी दिएको छ।

यस्तै, दोस्रो चरणमा नयाँ प्रविधि मैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पार्टपुर्जाहरु फेर्ने र अन्तिम चणमा हाल ‘एनालग सिस्टम’ बाट डिजिटल सिस्टममा स्तरोन्नति गर्ने, केबल लठ्ठा फेरबदल गर्ने, कम्युनिकेट केबललाई ‘सेट्रा’ मा रुपान्तरण गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी हाल विद्यमान प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार