बैंक अफ काठमाण्डूको बीओके ई-कम यूएसडी प्रिपेड कार्ड, विदेशी अनलाइनमा प्रयोग गर्न सकिने

  • Technology Khabar | १९ चैत्र २०७७, बिहीबार
बैंक अफ काठमाण्डूको बीओके ई-कम यूएसडी प्रिपेड कार्ड, विदेशी अनलाइनमा प्रयोग गर्न सकिने

काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके ई-कम यूएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ।

यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकले प्रतिवर्षमा ५०० डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्। यो सेवा भारतबाहेक अन्य देशहरुको ई–कमर्स साइटहरुबाट एकपटक वा पटकपटक गरी ५०० डलरसम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन्।

इच्छुक ग्राहकले नजिकको शाखामा आफ्नो प्यान कार्डसहित निवेदन अपलब्ध गराई यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार