कुमारी बैंक लिमिटेड र उपाय सिटी कार्गो बिच डिजिटल भुक्तानीका लागि सहकार्य

  • Technology Khabar | १९ चैत्र २०७७, बिहीबार
कुमारी बैंक लिमिटेड र उपाय सिटी कार्गो बिच डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौं ।

कुमारी बैंक लिमिटेडले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसंग सहकार्य गरेको छ । बैंकले उपाय सिटी कार्गोसँग नगदमा आधारित कारोबार/भुक्तानीलाई डिजिटल बनाउन सहकार्य गरेको हो।

उपाय सिटी कार्गोसँग आबद्ध पिकअप ड्राइभर पार्टनरहरुलाई क्यूआर कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको छ ।

यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई क्युआर सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतमा डाउन पेमेन्ट र इएमआई पेमेन्ट लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको जनाएको छ ।

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...