एटीएम बुथ ह्याक गरी पैसा चोर्ने एक चिनियाँ नागरिक पक्राउ

  • Technology Khabar | १८ चैत्र २०७७, बुधबार
एटीएम बुथ ह्याक गरी पैसा चोर्ने एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं ।

राजधानीका विभिन्न बैंकका एटीएम बुथबाट अनधिकृतरुपमा रकम झिकेको अभियोगमा प्रहरीले एक चिनियाँलाई पक्राउ गरेको छ।

विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले पैसा निकाल्न लागेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २९ वर्षिय एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

यससँगै एटीएम बुथ ह्याक गरी चिनियाँ नागरिकले पैसा चोर्ने प्रयास गर्दै आएको खुलासा भएको छ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक वाङ जियाओलो रहेको काठमाडौं प्रहरीले जनाएको छ।

उनलाई मंगलबार साँझ काठमाडौंको ज्याठास्थित मेगा बैकको एटिएम ह्याक गरी रकम निकाल्न खोजेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट ह्याक गर्ने सामानलगायत बरामद गरेको छ ।

यसअघि पनि एटीएम ह्याक गर्ने अभियोगमा चिनियाँ नागरिकहरु पक्राउ परेका थिए ।

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार