
काठमाडौं ।
चिनियाँ इलेक्ट्रोनिक उत्पादक टीसीएलले आगामी अप्रिल १४ तारिखमा उत्पादन घोषणाका लागि भर्चुअल कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम लाइभस्ट्रिम गरिने र यसमा २० भन्दा बढी सिरिजका स्मार्टफोनको घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ। यसका लागि कम्पनीले सम्बन्धित सबैलाई निमन्त्रणा पठाउन सुरु गरेको बुझिएको छ।
Looking forward to sharing more about our upcoming products at the @TCLMobileGlobal event on April 14 at 11am ET! Join us! pic.twitter.com/PVZodtWk9l
— Brad Molen (@phonewisdom) March 30, 2021
यस वर्षको कन्जुमर इलेक्ट्रोनिक्स शोमा कम्पनीले टीसीएल २० का दुई भेरियन्ट- २० फाइभजी र २०एसईको घोषणा गरेको थियो। त्यसबाहेक २० प्रो फाइभजी, २० एस तथा २०एस रहेका छन्। यी आउँदै गरेका स्मार्टफोनका विवरण उक्त दिन लाइभस्ट्रिम गरिने अपेक्षा गरिएको छ।
यस कार्यक्रममा कम्पनीले गत वर्ष सार्वजनिक गरेको दुईवटा कन्सेप्ट डिभाइसको अपडेट समेत घोषणा हुन सक्ने आकलन गरिएको छ। यी दुईमध्ये एउटा ओप्पो एक्स २०२१ र एलजी रोलेबलजस्तै मोड्न मिल्ने फोन रहेको बुझिएको छ।
गत वर्ष देखाइएको अर्को डबल फोल्डेबल स्मार्टफोन रहेको थियो। यो फोन ग्यालेक्सी जेड फोल्ड२ वा मेट एक्स२ जस्तै देखिने तर तीभन्दा अर्को एक पटक फोल्ड हुने र फोल्ड खोल्दा ठूलो डिस्प्ले देखिने प्रकारको हुनसक्ने बुझिएको छ।
प्रकाशित: १८ चैत्र २०७७, बुधबार