नेपाल बङ्गलादेश बैंकले ल्यायो एनबी अनलाइन कार्ड, विदेशी अनलाइन किनमेलमा प्रयोग गर्न सकिने

  • Technology Khabar | १७ चैत्र २०७७, मंगलवार
नेपाल बङ्गलादेश बैंकले ल्यायो एनबी अनलाइन कार्ड, विदेशी अनलाइन किनमेलमा प्रयोग गर्न सकिने

काठमाडौं ।

नेपाल बङ्गलादेश बैंकले एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार बैंकले उक्त कार्ड संचालनमा ल्याएको छ।

यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन् । उक्त कार्डबाट ग्राहकले भारत बाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्नेछन् ।

उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थी वर्गका लागि विदेशबाट मगाइने आई-२० को लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने जानकारी गराएको छ ।

साथै सामाजिक संजालमार्फत आफनो व्यवसाय प्रर्वद्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार