हिमालयन बैंकले ल्यायो डलर कार्ड, विदेशी ईकमर्स साइटहरुमा भुक्तानीका लागि प्रयोग गर्न सकिने

  • Technology Khabar | १७ चैत्र २०७७, मंगलवार
हिमालयन बैंकले ल्यायो डलर कार्ड, विदेशी ईकमर्स साइटहरुमा भुक्तानीका लागि प्रयोग गर्न सकिने

काठमाडौं ।

हिमालयन बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि एचविएल ‘डलर प्रीपेड कार्ड’ सुविधा ल्याएको छ।

यो सुविधा अन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सय सम्मको प्रीपेड कार्ड सुविधा पाउन सक्छन्।

साथै खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अनलाइन भुक्तानी गर्न सक्नेछन्।

इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्ने बैंकले बताएको छ।

हाल यो बैंकको ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२०० भन्दा बढी पिओएस टर्मिनल्स छन्।

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...