गेमिङ कम्पनी रेजरले उच्च प्रविधियुक्त एन९५ ‘स्मार्ट’ मास्क ल्याउने

  • Technology Khabar | १६ चैत्र २०७७, सोमबार
गेमिङ कम्पनी रेजरले उच्च प्रविधियुक्त एन९५ ‘स्मार्ट’ मास्क ल्याउने

काठमाडौं ।

यो वर्षको सुरुवातमा गेमिङ लाइफस्टाइल कम्पनी रेजरले प्रोजेक्ट हेजल एन९५ फेसियल रेस्पिरेटरको कन्सेप्ट सार्वजनिक गरेको थियो।

कोरोनाको खोप आइसकेको भए पनि रेजरको यो उच्च प्रविधियुक्त मास्क महामारी पछिको समयमा सबैका लागि प्रभावकारी हुने कम्पनीको बुझाइ छ।

रेजरका सीईओ मिन लियाङ टानले एक साताअघि याहू फाइनान्सलाई प्रोजेक्ट हेजल मास्क यथार्थमा परिणत हुने बताएका थिए।

‘हामीले यसलाई कन्सेप्ट प्रोजेक्टका रुपमा लिएका थियाैं, र खोप तथा अन्य सुरक्षाका उपायहरु आइसकेपछि पनि यो यथार्थमा परिणत हुन गइरहेको छ,’ सीईओ टानले भने, ‘हामी यो स्मार्ट मास्कलाई उपभोक्ताका लागि उत्पादन गरेर छिट्टै नै बिक्रीका लागि विश्वभरी पठाउँछाैं।’

उनले अगाडि भने, ‘खोप लगाए पनि मास्क लगाउने र अन्य सुरक्षाका उपायहरु अपनाइरहनु पर्ने तथ्य हामीले महसुस गर्याैं।’ यसबाहेक उनले थुप्रै देशमा पूर्णरुपमा खोप पुग्न अझै २/३ वर्ष लाग्न सक्ने भएकाले स्मार्ट मास्क सहयोगीसिद्ध हुने विचार व्यक्त गरे।

कन्जुमर इलेक्ट्रोनिक्स शो मा देखाइएको डिजाइनमा यो उच्च प्रविधियुक्त हेजल मास्क पारदर्शी रहेको तथा कम प्रकाशका बेला मुख देखिनका लागि भित्रै एलईडी लाइट राखिएको छ।

यसमा फेर्न मिल्ने फिल्टर तथा श्वास लिने ठाउँमा रिचार्ज गर्न मिल्ने भेन्टिलेटरहरु राखिएका हुनेछन्। यसमार्फत् तानिने श्वासको मात्रा आफैंले मिलाउन मिल्नेछ भने प्रयोगकर्ताको आवाज प्राकृतिक नै सुनियोस् भनेर यस्तमा अडियो प्रोसेसिङ प्रविधि पनि राखिएको छ।

यो मास्कमा एक्टिभ भेन्टिलेशन तथा अटो स्टेरिलाइजेशन वायरलेस चार्ज गर्न मिल्ने छुट्टै बट्टा तथा यूभी स्टेरिलाइजर जस्ता फिचरहरु पनि राखिएका छन्।

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार