सामसङको ५१२ जीबीको डीडीआर फाइभ र्‍याम मोड्युल सार्वजनिक

  • Technology Khabar | १५ चैत्र २०७७, आईतवार
सामसङको ५१२ जीबीको डीडीआर फाइभ र्‍याम मोड्युल सार्वजनिक

काठमाडौं ।

दक्षिण कोरियालि टेक कम्पनी सामसङले ५१२ जीबीको डीडीआर फाइभ र्‍याम मोड्युल सार्वजनिक गरेको छ । यो मोड्युलको स्पीड डीडीआर फाइभ मेमारीको जस्तै क्षमताको रहेको छ । यसलाई र्‍यामको भविष्य पनि मानिएको छ ।

डीडीआर फाइभले इन्टेलको हाईके मेटल गेट प्रविधि प्रयोग गर्ने पहिलो र्‍याम मोड्युल हो । यसले ७२०० एमबी प्रति सेकेण्डको स्पीड प्रदान गर्नेछ। यो डीडीआरफोर भन्दा दोब्बर बढी स्पीड हो ।

यसले सुपरकम्प्यूटिङ, एआई र मेसिन लर्निङमा काम गर्नसक्ने अपेक्षा गरिएको छ। भविश्यमा साधारण प्रयोगका लागि बिस्तारै यसलाई पीसी, गेमिङ जस्ता कार्यका लागि पनि प्रयोग गरिने बताइएको छ।

यसले नन एचकेएमजी मोडयुल भन्दा १३ प्रतिशत पावरको खपत कम गर्ने गर्छ । यस मोडुलले थ्रो सिलिकन भिया टेक्नोलोजीको प्रयोग गरेर १६ जीबीका र्यामहरुको ८ तह बनाउँदै ५१२ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो र्‍याम प्रयोग गरिएको पीसी सन् २०२२ मा सार्वजनिक हुने जनाइएको छ । एजेन्सीका साथ

प्रकाशित: १५ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार