एप्पलले आईफोन, आईप्याड र वाचका लागि ल्यायो आकस्मिक सेक्यूरिटी अपडेट

  • Technology Khabar | १५ चैत्र २०७७, आईतवार
एप्पलले आईफोन, आईप्याड र वाचका लागि ल्यायो आकस्मिक सेक्यूरिटी अपडेट

काठमाडौं ।

एप्पलले आईओएस, आईप्याडओएस र वाचओसमा फेला परेको गम्भीर जोखिमलाई समाधान गर्न एक आपतकालीन अपडेट जारी गरेको छ।

प्याचहरू क्रमशः आईओएस १४.४.२, आईप्याडओएस १४.४.२, र वाचओएस ७.३.३ छन्।

गुगलको थ्रेट एनालाइसिस ग्रुपले पत्ता लगाएको सो कमजोरीले एप्पलको वेबकिट ब्राउजर इञ्जिनलाई असर गर्दछ, र यसले एक अत्यावश्यक अपडेट गर्नुपर्ने तथ्य फेला पारेको थियो । एप्पलले दाबी गरे कि जोखिम सक्रिय रूपमा दूरुपयोग भइरहेको थियो।

यस बारेमा एप्पलले सिमित विवरणहरू मात्र सार्वजनिक गरेको छ, तर त्यस्ता कमजोरीहरू दुर्भावपुर्ण कार्यहरू गर्न प्रयोग गर्न सकिन्छ जस्तैः प्रयोगकर्ताहरूलाई फिसिङ्ग साइटहरूमा जान निर्देशन दिने।

यस कमजोरीको गम्भीरतालाई रेखांकित गर्नुका साथै एप्पलले आईओएस १२.५.२ लाई पुरानो उपकरणहरू आईफोन ५ एस, आईफोन ६,, आईफोन ६ प्लस, आईप्याड एयर, आईप्याड मिनी २, आईप्याड मिनी ३, र आईपड टच (६औं पिढी) को लागी समेत जारी गरेको छ।

यो प्याच निकै महत्वपूर्ण छ र अहिले नै इन्स्टल गर्नुहोस्। आईफोन र आईप्याडमा, सेटिंग्समा गएर जनरलमा जानुहोस र त्यहाँ भएको सफ्टवेयर अपडेटमा ट्याप गर्नुहोस् । एप्पल वाचको लागि भने एप्पल वाच एपमा जानुहोस्।

प्रकाशित: १५ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • १५ चैत्र २०७७, आईतवार