अनलाइन मार्फत ठगी गरेको अभियोगमा एकजना पक्राउ

  • Technology Khabar | १४ चैत्र २०७७, शनिबार
अनलाइन मार्फत ठगी गरेको अभियोगमा एकजना पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा चितवन रत्ननगर नगरपालिका-१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतोलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुकमा अनाधिकृत पहुँच पुर्‍याई मेसेञ्जरबाट पीडितहरुसँग विभिन्न बहाना बनाई झुक्याई ४७ हजार रुपैयाँ मोवाइल बैंकिङबाट ट्रान्सफर गरीदिनु भनि ठगी गरेको भन्दै प्रहरीले महतोलाई पक्राउ गरेको हो ।

सो बारेको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय टाँडी चितवनसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित: १४ चैत्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार