ज्योति विकास बैंकको क्युआर कोड सेवा रुपन्देहीको अमुवा बजारमा

  • Technology Khabar | १२ चैत्र २०७७, बिहीबार
ज्योति विकास बैंकको क्युआर कोड सेवा रुपन्देहीको अमुवा बजारमा

काठमाडौं ।

रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा ज्योति विकास बैंकको क्युआर कोड भुक्तानी सेवा सुरु गरिएको छ। बैंकले अमुवा बजारमा ५० बढी क्युआर कोड वितरण गरेको छ।

क्युआर भुक्तानी प्रर्वद्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिङ्ग प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई क्यूआर हस्तान्तरण गरेका थिए । साथै कार्यक्रममा क्युआर सम्बन्धि विभिन्न जानकारी समेत पनि प्रदान गरिएको थियो।

यो सेवासँगै अमुवा बजारका पसलबाट किनेको सामानको मोबाइलबाट क्युआर स्क्यान गरेर सिधै आफ्नो बैंक खाताबाट तिर्न सकिन्छ।

क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको बैंकको विश्वास छ।

यो बैंकको हालसम्म १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटिएम छन्।

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

टावर भाँचिएर हेटौँडा एफएमको प्रसारण बन्द

  • Technology Khabar
  • १२ चैत्र २०७७, बिहीबार