सामसङले यसै वर्ष डबल फोल्डिङ फोन ल्याउँदै

  • Technology Khabar | ११ चैत्र २०७७, बुधबार
सामसङले यसै वर्ष डबल फोल्डिङ फोन ल्याउँदै

काठमाडौं ।

फोल्डिङ फोन नैलो हुन छाडेपछि अब सामसङले डबल फोल्डिङ डुअल फोल्ड फोन ल्याउने भएको छ।

निक्केइ एसियामा आएको एक रिपोर्ट अनुसार कोरियाली स्मार्टफोन तथा कन्जुमर इलेक्ट्रोनिक्स कम्पनी सामसङले दुई पटक फोल्ड हुने प्रविधिसम्बन्धी थुप्रै पेटेन्टहरु दर्ताका लागि आवेदन दिएको र यसै वर्षको अन्त्यसम्ममा यस प्रकारको फोन बजारमा आउन सक्नेछ।

यो स्मार्टफोन आएपछि यस्तै गरी ग्यालेक्सी जेड फोल्ड२ तथा जेड फ्लिपका अपग्रेडेड भर्जनहरुपनि कम्पनीले यसै वर्ष ल्याउने अपेक्षा गरिएको छ।

सामसङले नवीनतम प्रविधिहरुको खोज र विकासमा करोडाैं रुपैयाँ खर्च गर्ने भएकाले जेड फोल्ड२ तथा जेड फ्लिपका अपग्रेडेड भर्जन आउनुअघि नै यो नया प्रविधियुक्त स्मार्टफोनको घोषणा गरेको हुनसक्ने आकलन गरिएको छ।

बाहिर आएका जानकारीहरुका अनुसार उक्त फोन फोल्ड नगरिएको बेला स्क्रीनको आस्पेक्ट रेशियो १६९ तथा १८९ रहने भएकाले रेजोल्युशन राम्रो हुन गइगेम तथा अन्य तेस्रो पक्षका एपहरु राम्रोसँग चल्नेछन्।

फोल्डेबल फोनको संख्या बढाउँदै प्रति वर्ष १ करोड यस्ता डिभाइस बेच्ने सामसङको योजना रहेको छ। केही विश्लेषकहरुका अनुमानका आधारमा कापनीले गत वर्ष ३५ लाख फोल्डेबल फोन बेचेको र यो वर्ष उक्त संख्या ७५ लाख पुर्याउने योजनामा रहेको छ।

प्रकाशित: ११ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ११ चैत्र २०७७, बुधबार