
काठमाडौं ।
देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ्ग’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार नेपाल बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा मंगलबार जनकपुरमा ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर, महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड मार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा बिस्तार गरिने बताए । साथै, यो प्रविधिले नगद रहित कारोवारलाई प्रोत्साहन गर्ने र मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा समेत ठूलो योगदान पुर्याउने उनको भनाई छ।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले देशभर ‘डिजिटल नेपाल’ को प्रबर्द्धनमा नेपाल राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको जानकारी दिए । क्यूआर कोडको प्रयोग अहिलेको कोभिड–१९ को महामारीको वेलामा झनै उपयोगी सावित हुने कुरा पनि उल्लेख गरे ।
कार्यक्रममा उद्योगी/व्यवसायीहरु, बैंकका प्रदेश प्रमुखहरु लगायत विभिन्न वाणिज्य बैंकका प्रमुख पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
प्रकाशित: १० चैत्र २०७७, मंगलवार