Google

एन्ड्रोइड फोनका एपहरु क्र्यास हुने समस्या गुगलले समाधान गर्यो

एन्ड्रोइड फोनका एपहरु क्र्यास हुने समस्या गुगलले समाधान गर्यो
Global IME Bank

गुगलले धेरै प्रयोगकर्ताहरूको एन्ड्रोइड फोनका एपहरु क्र्यास भईरहेको समस्या समाधान गरेको छ।

सो इस्यूहरु सोमबार शुरू भएको थियो र जिमेल, फेसबुक र अमेजन जस्ता एपहरु प्रभावित भएका थिए ।

एन्ड्रोइड सिस्टम वेबभ्यु (Android System WebView) मा अपडेट आएको देखिएको छ, जसले एन्ड्रोइड एपहरूलाई वेब सामग्री प्रदर्शन गर्न अनुमति दिन्छ, त्यसमा समस्या थियो।

गुगलले प्रयोगकर्ताहरूलाई उनीहरूको एन्ड्रोइड सिस्टम वेबभ्यु र गुगलको क्रोम ब्राउजर अपडेट गर्न भनेको बीबीसीले उल्लेख गरेको छ।

‘हामीले वेबभ्युको साथ समस्यालाई सुल्झाइसकेका छौं जसले एन्ड्रोइडमा केहि प्रयोगकर्ताहरुको एपहरु क्र्यास गराईरहेको थियो। गुगल प्ले मार्फत एन्ड्रोइड प्रणाली वेबभ्यु र गुगल क्रोम अपडेट गर्दै अब यो मुद्दा समाधान गर्नेछ,’ गुगलका प्रवक्ताले बीबीसीलाई भने।

सोशल मिडियाहरुमा एप क्रयासको रिपोर्ट गरिएका थिए र आउटेज मापन गर्ने एक वेबसाइट डाउनडिटेक्टरमा जिमेल र अमेजनको समस्याहरुमा एक वृद्धि भएको देखाइको थियो।

एन्ड्रोइड वेबभ्यु एक प्रणाली कम्पोनेन्ट हो जुन सबै एन्ड्रोइड डिभाइसहरूमा प्रिस्टल गरिएको छ।

Sajilo Visa
easy care