फुडमाण्डुको सेवा अब किर्तिपुरमा पनि

  • Technology Khabar | १० चैत्र २०७७, मंगलवार
फुडमाण्डुको सेवा अब किर्तिपुरमा पनि

काठमाडौं ।

नेपालमा फुड अन डिमान्ड सेवा उपलब्ध गराइरहेको पहिलो कम्पनी फुडमाण्डु प्रालिले काठमाडाैंको किर्तिपुरमा पनि सेवा विस्तार गरेको छ।

फुडमाण्डुका ब्राण्ड, मार्केटिङ्ग तथा बिक्री प्रमुख श्यामरत्न मालीका अनुसार करिब दुई हप्ताअघि कम्पनीले किर्तिपुरमा आफ्नो सेवा सुरु गरेको र त्यहाँका ग्राहकले ललितपुरका रेष्टुरेन्टहरुबाट खाना अर्डर गर्न सक्ने जानकारी दिए।

यसबाहेक आईएमईपेमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत क्यास ब्याक पाइने पनि मालीले बताए।

केही समयअघि पोखरामा पनि सेवा सुरु गरेको फुडमान्डुको सेवा यसअघि काठमाडाैं ललितपुर र भक्तपुरमा उपलब्ध थियो।

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार