
काठमाडौं ।
नेपालमा कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्या साढे १५ लाख हाराहारी पुगेको छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक प्रतिवेदनका अनुसार फागुन महिनामा कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार १५ लाख ४५ हजार ४१४ पुगेको हो।
यो संख्या एक महिना अघि अर्थात् माघ महिनाको तुलनामा १ लाख ४१ हजार ५४१ ले बढी हो। माघ महिनासम्ममा यो संख्या १४ लाख ३ हजार ८७३ थियो।
फागुन महिनामा कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्यासँगै कारोबार रकम पनि बढेको छ।
माघ महिनामा कनेक्ट आईपीएसमार्फत् १ खर्ब ७७ करोड ९० लाख रुपैयाँको कारोबार भएकोमा फागुनमा यो रकम बढेर १ खर्ब ४ अर्ब ३९ करोड ४० लाख रुपैयाँ पुगेको छ। यो रकम माघ महिनाको भन्दा ३ अर्ब ६१ करोड ५० लाख रुपैयाँले बढी हो।
प्रकाशित: १० चैत्र २०७७, मंगलवार