फ्रान्सका वैज्ञानिकहरुले पहिलो पटक देखे कस्मिक वेभ, तस्बिर पनि सार्वजनिक

  • Technology Khabar | ७ चैत्र २०७७, शनिबार
फ्रान्सका वैज्ञानिकहरुले पहिलो पटक देखे कस्मिक वेभ, तस्बिर पनि सार्वजनिक

काठमाडौं ।

फ्रान्सका वैज्ञानिकहरुले हालै पहिलोपल्ट कस्मिक वेभ देखेको बताएका छन्।

कस्मिक वेभ हाइड्रोजन ग्यासका चम्किला धर्सा जस्तै हुन् जसले तातिएपछि प्रकाश छोड्ने गर्छन्। कस्मिक वेभहरुका बारेमा धेरै चर्चा परिचर्चा हुने गरेका र यिनीहरु अस्तित्वमा छन् भन्ने आकलन गरिए पनि वैज्ञानिकहरुले आफैंले देखेको र त्यसको तस्बिर पनि खिचेको भने यो पहिलोपटक हो।

यूरोपियन साउदर्न अब्जरभेटरीमा रहेको अति विशाल टेलिस्कोपमार्फत् ८ महिनाको गहन अवलोकन र एक वर्षसम्मको तथ्याङ्क प्रशोधनबाट यी फिलामेन्ट वा चम्किला आकाशीय धर्साहरु बिग ब्याङको एक वा दुई अर्ब वर्षपछि अस्तित्वमा आएका पत्ता लागेको छ।

तर यिनीहरु आफैं चम्किएका भने होइनन्। यो अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार उक्त प्रकाश पहिले नै अन्तरिक्षमा अदृश्य रुपमा रहेका र याद नगरिएका खर्बाैं ताराहरुबाट बनेका क्षुद्र तारापुञ्जहरुबाट आएका हुन्।

हालै पत्ता लागेका यी तथ्य एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स नामको जर्नलमा प्रकाशित भएको हो।

‘सुरुवाती अँध्यारो चरणपछि भूमण्डले अथाह प्रकाश उत्सर्जन गर्यो र त्यस क्रममा थुप्रै ताराहरु जन्मिए’, ल्योनमा रहेको सेन्टर फर एस्ट्रोफिजिक्सका रिसर्चका वैज्ञानिक तथा वरिष्ठ लेखक रोल्याण्ड ब्याकनले अन्तरराष्ट्रिय समाचार संस्था एएफपीलाई बताए।

प्रकाशित: ७ चैत्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार