बाँकेको नेपालगञ्जमा माछापुच्छ्रे बैंकको एकैदिन ४ स्थानमा क्युआर कोड सेवा

  • Technology Khabar | ४ चैत्र २०७७, बुधबार
बाँकेको नेपालगञ्जमा माछापुच्छ्रे बैंकको एकैदिन ४ स्थानमा क्युआर कोड सेवा

काठमाडौं ।

माछापुच्छ्रे बैंकले बाँकेको नेपालगञ्जमा एकैदिन ४ स्थानमा क्युआर कोड सेवा सुरुवात गरेको छ ।

बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तरगत संचालनमा रहेका तरकारी तथा फलफुल पसलहरुमा क्युआर कोड हस्तान्तरण गरेको छ ।

बुधबार आयोजित छुट्टाछुटै औपचारिक कार्यक्रम मार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले ति स्थानमा क्युआर कोड सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्युआर कोड सेवा सुरु भएसंगै नेपालगञ्जबाट दाङ्ग, धनगढि, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्युआर कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन भने नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ता कपडाहरुको रकम समेत क्युआर कोड बाट भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित: ४ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Tigg to Host ‘Tigg Conference 2026’ on Magh 18, Focusing on the Future of Accounting and Business

  • Technology Khabar
  • ४ चैत्र २०७७, बुधबार