काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी रियलमी ले भारतीय बजारमा आगामी मार्च २४ तारिखमा रियलमी ८ र ८ प्रो सार्वजनिक गर्ने भएको छ।
गत वर्षको सेप्टेम्बरमा रियलमी ७ र ७ प्रो सार्वजनिक गरेको कम्पनीले त्यसैको अपग्रेडेड भर्जन ८ सिरिजका रुपमा बजारमा ल्याउन लागेको हो। भारतमा यसको प्रि अर्डर पनि सुरु भइसकेको छ।

रियलमी ८ प्रो मा १०८ मेगापिक्सेलको इन्फिनिटी क्यामरा तथा रियलमी ८ मा ६४ इन्चको क्वाड क्यामरा सेट अप मुख्य आकर्षण रहनेछ।
के के छन् विशेषता?
रियलमी ८ प्रो
हालसम्मा बाहिर आएका विभिन्न जानकारी अनुसार रियलमी ८ प्रो मा १०८ मेगापिक्सेलको क्वाड क्यामरा सेट अप रहनेछ। यसैगरी ५० वाट फास्ट चार्जिङ सपोर्ट रहनेछ।
क्वालकम स्न्यापड्र्यागन ७३२जी चिपसेट सहित आउने अपेक्षा गरिएको रियलमी ८ प्रोमा ८ जीबी र्याम १२८ स्टोरेज रहने आकलन गरिएको छ।
रियलमी ८
यसैगरी रियलमाी ८ मा ६४ मेगापिक्सेलको क्वाड क्यामरा सेट अप रहनेछ भने यसमा सुपर एमोलेड डिस्प्ले दिइने अपेक्षा रिएको छ। यसबाहेक यो क्वालकम स्न्यापड्र्यागन ७२०जी चिपसेट युक्त हुने र र्याम र आन्तरिक स्टोरेज भने ८ प्रोको जस्तै क्रमश: ८ जीबी र १२८ जीबी रहनेछ।
यस बाहेक कम्पनीले ८ प्रो को फाइभजी भर्जन पनि बजारमा ल्याउने बुझिएको छ।
प्रकाशित: २ चैत्र २०७७, सोमबार