
काठमाडौं ।
राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा सूचना माग गर्न सहज हाेस् भन्ने उद्देश्यले सूचनाअधिकारी (suchanaadhikari) नामको ई-मेल ठेगाना बनाउन निर्देशन दिएको छ ।
आयोगले गएको फागुन १८ गते गरेका विभिन्न निर्णयहरुमा अबदेखि हरेक सार्वजनिक निकायले एकै प्रकारको विशेष ई-मेल ठेगाना बनाउन निर्देशन दिने पनि उल्लेख गरेको थियो।
निर्णय अनुसार यो ई-मेल ठेगाना suchanaadhikari नाममा हुनुपर्ने छ।
बैठकले विशेष ई-मेल ठेगाना बनाउन निर्देशन दिने बाहेक प्रदेशिक कार्यालय स्थापनाका लागि अध्ययन गर्न तथा आयवगको अनुगमान प्रतिवेदन र मासिक खर्चको विवरण सार्वजनिक गर्ने लगायतका निर्णयहरु गरेको थियो।
आयाेगकाे यहि २०७७ फागुन १८ काे बैठकबाट भएका निर्णयहरूः सवै सार्वजनिक निकायलाइ एकरूपताका लागि suchanadhikari नाममा इमेल बनाउन, प्रादेशिक कार्यालय स्थापनाका लागि अध्ययन गर्न, आयाेगकाे अनुगमन प्रतिवेदन र मासिक खर्चकाे विवरण सार्वजनिक गर्ने इत्यादी pic.twitter.com/ok9IK0tDMD
— Rastriya Suchana Aayog (NIC) (@suchanaayog) March 7, 2021
आयोगका अनुसार अब बन्ने सबै निकायको ई-मेल ठेगाना suchanaadhikari नामको हुने र त्यसपछिका विवरण भने सम्बन्धित निकायको हुनेछ।
उदाहरणका लागि शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयका सूचना अधिकारीका अब बन्ने नयाँ ई-मेल ठेगाना यस्ता हुनेछन्:
शिक्षा मन्त्रालय: [email protected]
अर्थ मन्त्रालय: [email protected]
माथिका ई-मेल ठेगानामा सुरुको suchanaadhikari नाम एउटै छ भने त्यसलगत्तै @ पछाडिका विवरणहरु भने सम्बन्धित निकायको छ।
यसरी बनाइएको ई-मेल ठेगाना सम्बन्धित सूचना अधिकारीले चलाउने हुँदा व्यक्ति हेरफेर हुँदा पनि सेवाग्राहीले सूचना लिन पाउने अधिकारमा कुनै ढीलासुस्ती नहुने अपेक्षा आयोगले गरेको छ।
यसबाहेक यसरी ई-मेल ठेगानाको अगाडि एउटै नाम हुने र @ पछिका विवरण सम्बन्धित निकायको हुने हुँदा कसैले कुनै निकायको ई-मेल ठेगाना के होला भनेर अलमलमा पर्नु पर्दैन।
एकै प्रकारको हुने भएकाले अन्दाज गरेर नै पनि आफूले चाहेको निकायको सूचना अधिकारीसँग सूचना माग्न सहज हुनेछ।
प्रकाशित: २४ फाल्गुन २०७७, सोमबार