स्मार्टवाच शिपमेन्टमा एप्पल अग्रपंक्तिमा

  • Technology Khabar | २३ फाल्गुन २०७७, आईतवार
स्मार्टवाच शिपमेन्टमा एप्पल अग्रपंक्तिमा

काठमाडौं ।

सेन्टरपोइन्ट रिसर्चको एउटा रिपोर्ट अनुसार सन् २०२० को अक्टोबर र नोभेम्बर महिनामा विश्वभरको स्मार्टवाच शिपमेन्टको आँकडामा एप्पल अग्रपंक्तिमा रहेको छ।

यस अवधिमा विश्वभरको जम्मा शिपमेन्ट सन २०१९ को सोही अवधिमा भन्दा १.५ प्रतिशतले बढैको थियो भने एप्पल कम्पनीले मात्र ४० प्रतिशत हिस्सा ओगटेको थियो।

यसपछाडि १० प्रतिशत बजार हिस्साका साथ सामसङ दोस्रो स्थानमा रहेको छ। त्यस्तै ८ प्रतिशत ह्वावे,  ७ प्रतिशत फिटबिट, तथा ६ प्रतिशत बीबीके क्रमश: तेस्रोदेखि पाँचैं स्थानसम्म परेका छन्।

यो रिपोर्टमा सन् २०२० को अन्तिम त्रैमासमा एप्पलको वाच सिरिज ६ र वाच एसई दुवै जोडेर १ करोड २९ लाख थान बिक्री भएको उल्लेख छ।

त्यसैगरी सामसङको ग्यालेक्सी वाच३ तथा ह्वावेको हनर स्मार्ट वाच पनि राम्रो बिक्री हुने ग्याजेट्समा परेका छन्।

अघिल्लो महिना एप्पल वाच शिपमेन्टको संख्या १० करोड पुगेको थियो। अनुसन्धान संस्था काउन्टरपोइन्टका अनुसार विश्व बजारमा एप्पल, सामसश्र तथा ह्वावे जस्ता ब्राण्डका स्मार्टवाचको एभरेज सेलिङ प्राइस (औसत बिक्री मूल्य) पनि बढ्दै गएको छ। यो प्रवृत्तिले यो वर्ष पनि निरन्तरता पाउने आकलन गरिएको छ।

 

प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार