तपाईँको कल रेकर्ड त भइरहेको छैन? यसरी थाहा पाउनुस्

  • Technology Khabar | २२ फाल्गुन २०७७, शनिबार
तपाईँको कल रेकर्ड त भइरहेको छैन? यसरी थाहा पाउनुस्

काठमाडौं ।

कसैको कल रेकर्ड गर्नुलाई सामान्यतया अपराध मानिन्छ। रमाइलोका लागि वा अन्य मनसायले कसैको कल रेकर्ड गर्नुले रेकर्ड गर्ने र रेकर्ड हुने दुवैलाई नकारात्मक असर पर्न सक्छ

हिजोआजका स्मार्टफोनहरुमा कल रेकर्डको सुविधा सामान्य रुपमा दिइएको हुन्छ। यसबाहेक विभिन्न खाले कल रेकर्ड गर्ने एपहरु एन्ड्रोइडको प्ले स्टोर तथा आईओएसको एप स्टोरबाट पनि डाउनलोड गर्न सकिन्छ।

कसैले तपाईँको कल रेकर्ड गरिरहेको छ कि भन्ने कसरी थाहा पाउने?

यी तलका केही उपाय अपनाएर आफ्नो कल रेकर्ड भइरहेको छ कि छैन भने पत्ता लगाउन र सजग हुन सकिन्छ।

पहिलो तरिका

यदि कल गरिरहँदा तपाईँले केही सेकेन्डको बीप आवाज सुन्नुभयो भने सजग हुनुपर्दछ। यो नै कल रेकर्ड पत्ता लगाउने सजिलो तरिका हो। कल रेकर्ड गरिँदैछ भने कुराकानी सुरु हुँदा वा बीचबीचमा यस्तो बीप आवाज सुनिन्छ। यसबाट तपाईँले आफ्नो कल रेकर्ड हुँदैछ भन्ने सजिलै थाहा पाउनुहुन्छ।

दोस्रो तरिका

यदि तपाईँ कसैलाई कल गर्नुहुन्छ र उसले तपाईँको कललाई स्पिकर मोडमा राखिदियो भने पनि सचेत हुनुपर्छ। यस्तो तरिकाबाट तपाईँको कल कुनै अर्को फोन वा रेकर्डरमा सजिलै रेकर्ड हुन सक्दछ।

कुनै पनि कललाई स्पिकर मोडमा राखिएको छ भने ज्यादै सजग भएर मात्र बोल्नुपर्दछ वा तपाईँको कुरा बाहिर जानुले समस्या पार्न सक्छ भने कल काट्नु नै उपयुक्त तरिका हुन सक्छ।

तेस्रो तरिका

यदि कल गर्ने बेला तपाईँले धेरै हल्ला वा आवाज सुन्नुभयो भने पनि कल रेकर्ड भएको हुनसक्ने सम्भावना हुन्छ। यस्तो सुनिएमा सजग भएर मात्र कुराकानी अगाडि बढाउनु पर्छ। यस बाहेक कुराकानीको बीचबीचमा पनि यस्तै हल्ला सुनियो भने कल रेकर्ड भइरहेको हुन सक्दछ।

त्यसैले कसैसँग कुरा गर्दा यस्ता साना साना कुराहरुमा पनि ध्यान दिनुपर्छ जसबाट तपाईँका जानकारी वा कुराकानी कुनै व्यक्तिले दुरुपयोग गरेर तपाईँलाई समस्यामा नपारोस्।

प्रकाशित: २२ फाल्गुन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...