चिपसम्बन्धी कच्चा पदार्थ बनाउने अमेरिकी कम्पनीहरुले चीनमा निर्यात इजाजत पाएनन्

  • Technology Khabar | २१ फाल्गुन २०७७, शुक्रबार
चिपसम्बन्धी कच्चा पदार्थ बनाउने अमेरिकी कम्पनीहरुले चीनमा निर्यात इजाजत पाएनन्

काठमाडौं ।

अमेरिकाको निर्यात नीतिका कारण ल्याम रिसर्च कर्प तथा अप्लाइड मटेरियल इंकजस्ता कम्पनीहरु एसएमआईसीलाई चिपसम्बन्धी सामग्री निर्यात गर्ने लाइसेन्स पाउन हम्मे परिरहेको छ।

सेमिकन्डक्टर  एसएमआईसी चीनको सबैभन्दा ठूलो चिप निर्माता हो।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विश्वभरी नै चिप पाइन छोडे पनि अमेरिकी सरकारले आफ्ना देशका चिपसम्बन्धी कच्चा पदार्थ उत्पादक कम्पनीहरुलाई निर्यात इजाजत दिन ढिलाइ गरिरहेको छ। त्यस बाहेक सरकारले ५ बिलियन डलर बराबरको उपकरणहरु निर्यात गर्नुपर्ने अन्य कम्पनीहरुलाई पनि इजाजत दिन बाँकी नै छ।

अहिले थोरै संख्यामा महंगो उपकरणहरु निर्यात गर्ने केही कम्पनीहरुलाई भने इजाजत दिइएको बुझिएको छ।

चिनियाँ सेमिकन्डक्टरमा आधारित कम्पनीलाई प्रतिबन्ध लगाइएपछि अमेरिकी सरकारले एसएमआईसीसँग व्यावसायिक सम्बन्ध भएका थुप्रै कम्पनीहरुद्वारा आलोचना खेप्नुपर्यो।

तर अमेरिकामा जो बाइडेनको नियुक्तिपछि भने प्रशासनले अमेरिकी ब्रान्ड क्वालकम लगायतका लागि चिप निर्माण गर्ने एसएमआईसीलगायतका चिनियाँ कम्पनीप्रतिको नीतिमा के कस्तो परिवर्तन आउँछ त्यो हेर्न बाँकी छ।

प्रकाशित: २१ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार