आइसिटी वुमन्स कन्क्लेभ मार्च ७ तारिखमा आयोजना हुने

  • Technology Khabar | २० फाल्गुन २०७७, बिहीबार
आइसिटी वुमन्स कन्क्लेभ मार्च ७ तारिखमा आयोजना हुने

काठमाडौं ।

आइसिटी वुमन्स कन्क्लेभ आउँदो मार्च ७ तारिखमा आयोजना हुने भएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वुमन इन इन्फरमेसन टेक्नोलोजी, गर्ल्स इन टेक नेपाल र एसएपी नेपालको संयुक्त आयोजनामा महिला सशक्तिकरणका लागी आइसिटी वुमन्स कन्क्लेभ कार्यक्रम आयोजना हुने भएको हो।

यस कार्यक्रममा विभिन्न उद्योगहरुमा भएका महिलाहरुको समस्या र लैङिगक समानताका लागी के कस्तो कार्यहरु गर्नुपर्ने भन्ने विषयमा छलफल गरिने भएको छ।

डब्लुआईआईटीका अनुसार आइसिटी क्षेत्रका नेपाली महिलाहरुको लेख प्रकाशित भएर कार्यक्रमको सुरुवात हुने बताईएको छ।

यो कार्यक्रममा सोसल मिडियामा महिला, व्यवसायमा महिला, आइसिटी शिक्षामा महिला, विभिन्न निकायहरुमा महिला, आइसिटीमा महिलाका लागी उत्प्रेरणा जस्ता विषयमा राउण्ड टेबल छलफल हुने कार्यक्रम आयोजकले जानकारी दिएको छ।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २० फाल्गुन २०७७, बिहीबार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २० फाल्गुन २०७७, बिहीबार

EU tells TikTok to change ‘addictive’ design

  • २० फाल्गुन २०७७, बिहीबार