नेपाल टेलिकमको तेह्रौ वार्षिक साधारण सभा चैत १३ गते शुक्रबार हुँदै

  • Technology Khabar | २० फाल्गुन २०७७, बिहीबार
नेपाल टेलिकमको तेह्रौ वार्षिक साधारण सभा चैत १३ गते शुक्रबार हुँदै

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को तेह्रौ वार्षिक साधारण सभा चैत १३ गते शुक्रबार आयोजना हुने भएको छ।

फागुन १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित साधारण सभा गर्ने निर्णय गरेको हो।

सभाले प्रस्तावित लाभांश पारित गराउनेछ । साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना सञ्चालक समेत चयन गर्नेछ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले फागुन २८ गते शुक्रबारदेखि शेयर दाखिल खारेजको काम बन्द गर्ने भएको छ।

नेपाल टेलिकममा ९१.५२ प्रतिशत संस्थापक शेयर नेपाल सरकारको स्वामित्वमा रहेको छ भने ८.४८ प्रतिशत शेयर सर्वसाधारण र कर्मचारीको रहेको छ। शेयर संरचनाअनुसार सर्वसाधारण शेयरधनीको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत तथा नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर स्वामित्व टेलिकममा छ।

पछिल्लो दिनमा कम्पनीको खुद नाफामा कमी आएको देखिएको छ । तर कम्पनीको समग्र आम्दानी भने बढेको देखिएको छ ।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

YADEA Nepal unveils the all-new GS70, GT70 and GT80

  • Technology Khabar
  • २० फाल्गुन २०७७, बिहीबार