नेपाल टेलिकमले आफ्ना शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँ लाभांश दिने

  • Technology Khabar | १९ फाल्गुन २०७७, बुधबार
नेपाल टेलिकमले आफ्ना शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँ लाभांश दिने
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ।

कम्पनीको ८८८औं बैठकले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको हो।

कम्पनी सञ्चालक समितिको फागुन १९ गते बिहान सम्पन्न बैठकले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

कम्पनीले हालै नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाउँदै सो जानकारी गराएको हो।

हालै सार्वजनिक गरेको चालु आव २०७७/७८ को पछिल्लो त्रैमासको विबरण सार्वजनिक गरेकोमा कम्पनी खुद नाफामा भने समस्यामा परेको देखिएको छ।

बिबरणअनुसार, गत वर्षको अर्ध वार्षिकको तुलनामा चालु आवको अर्ध वार्षिकमा खुद नाफा घटेर ३ अर्ब २९ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको पुसमा नाफा ४ अर्ब ९४ करोड रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी भने २० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार