स्पेसएक्सको स्टारलिंक इन्टरनेट सेवाको प्रिबुकिङ्ग भारतमा खुला

  • Technology Khabar | १८ फाल्गुन २०७७, मंगलवार
स्पेसएक्सको स्टारलिंक इन्टरनेट सेवाको प्रिबुकिङ्ग भारतमा खुला

काठमाडौं ।

अमेरिकी कम्पनी टेस्लाका प्रमुख एलन मस्कले छिमेकी देश भारतमा पनि  इन्टरनेट सेवा ल्याउन लागेका छन्। वास्तवमा मस्कले भारतमा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा स्टारलिंकको सेवा ल्याउन लागेका हुन्।

कम्पनीले तिब्रगतिको इन्टरनेटको लागि भारतमा प्रि बुकिंग सुरू गरिसकेको छ। स्टारलिंक सेवा स्पेसएक्सद्वारा संचालित छ। स्पेसएक्सलाई सन् २००२ मा एलन मस्कले शुरू गरेका थिए ।

स्टारलिंकको सेवा भारतमा अर्को बर्ष सुरू हुन सक्नेछ, तर यो अझै अर्को वर्ष  कहिले शुरु हुन्छ भनेर खुलाइएको छैन्। तर भारतीय प्रयोकर्ताहरुले स्टारलिंकको वेबसाइटमा कनेक्सन प्रिबुक गर्न सक्नेछन्।

एक रिपोर्टका अनुसार स्टारलिंकको यो द्रुत इन्टरनेट कनेक्सन भारतको प्रमुख शहरहरु दिल्ली, मुम्बई, हैदराबाद, बैंगलोर र कोलकातालगायतमा उपलब्ध हुनेछ। जहाँसम्म, वेबसाइटमा ठेगाना प्रविष्ट गरेर, आफ्नो क्षेत्रमा स्टारलिंकको इन्टरनेट सेवा छ कि छैन भनेर जान्न सकिन्छ। यो थाहा पाएपछि ईन्टरनेट कनेक्सन बुक गर्न सकिने बताईएको छ।

मस्कको स्टारलिंक सेवाले ५० देखि १५० एमबीपीएसको स्पीड दिने दावी गर्दछ। साथै, दावी यो छ कि यो गति ३०० एमबीपीएसमा बढ्ने बताएको छ। स्टारलिंकले भारतीय क्षेत्रहरूमा इन्टरनेट जडानको प्रि बुकिंग सुरू गरिसकेको छ। यसका लागि कम्पनीले सुरुमा ९९ अमेरिकी डलर चार्ज गर्दै छ, जुन करिब ७,३०० भारु हो। मूल्य तिरेपछि, भारतीय प्रयोगकर्ताहरुको लागि स्थान आरक्षित हुनेछ। एजेन्सीका साथ

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १८ फाल्गुन २०७७, मंगलवार