ह्वावे एप ग्यालरीमा ८३ प्रतिशतको वृद्धि, ५३ करोड भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू

  • Technology Khabar | १८ फाल्गुन २०७७, मंगलवार
ह्वावे एप ग्यालरीमा ८३ प्रतिशतको वृद्धि, ५३ करोड भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू

काठमाडौं ।

ह्वावेले आफ्नो एप ग्यालरीमा भएका नवीनतम अपडेटको बारेमा जानकारी दिएको छ । यो कम्पनीको इनहाउस ईकोसिस्टमको मुटु हो।

चिनियाँ कम्पनीसँग अहिले ५३ करोड भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू छन्, र यसमा वार्षिक ८३ प्रतिशत वृद्धि इन एप वितरणमा रहेको छ । जसमा ३ खर्ब ८४ अर्ब इन्स्टल सन्  २०२० मा पुगेको फोनएरेनाले उल्लेख गरेको छ।

यी नम्बरहरू ह्वावे उपभोक्ता व्यापार समूहका सीईओ रिचर्ड यू द्वारा साझा गरिएको थियो। उनको कम्पनीमा २३ लाख रजिष्टर्ड डेवलपर्स छन र उनीहरुले एप ग्यालरीको लागी मोबाइल एप्समा काम गरिरहेका छन् । यो संख्या २०१९ को तुलनामा ७८ प्रतिशतले बढी हो।

ह्वावेले दुबै स्थानीय र विश्वव्यापी विकासकर्ताहरूसँग काम गरिरहेको छ, र अब एपग्यालरीसँग पाँच क्षेत्रहरूका ४२ बजारमा १० लाख भन्दा बढी प्रयोगकर्ताहरू छन्।

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Singapore EV sales forecast to rise 34.3 pct in 2026

  • Technology Khabar
  • १८ फाल्गुन २०७७, मंगलवार