अनरले म्याजिक सिरिजलाई निरन्तरता दिँदै फोल्डेबल फोन ल्याउने

  • Technology Khabar | १८ फाल्गुन २०७७, मंगलवार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी अनरले अनर म्याजिक सिरिजलाई निरन्तरता दिने भएको छ। कम्पनीले आफ्नो पहिलो उत्पादनका रुपमा फोल्डेबल फोन बजारमा ल्याउने भएको छ। यो अनर ब्रान्डबाट निसक्ने पहिलो फोल्डेबल फोन हुनेछ।

विबोका डिजिटल च्याट स्टेशन नामको एक प्रयोगकर्ताले अनरले फोल्डेबल सहित छिट्टै नै एन्ट्रि र मिड रेन्जका फोनहरु सार्वजनिक गर्ने योजना बनाएको खुलाएका छन्। तर कुन कुन नयाँ मोडल आउँदैछन् भन्ने खुलेको छैन। अनर ११ अनर ११ एक्स तथा तिनीहरुका नयाँ भेरियन्टहरु हुनसक्ने अड्कल भने गर्न सकिन्छ।

ह्वावेले बनाएका ग्राहक तथा ह्वावेकै गुडविललाई कायम राखेर अगाडि बढ्ने अनरको योजना रहेको देखिन्छ। ह्वावेका उत्पादनहरुमा गुगलमा प्रतिबन्ध लाग्नुले पनि अनरलाई आफ्ना उत्पादन विश्वव्यापी बनाउन थप मद्दत पुग्ने देखिन्छ।

विबोका ती प्रयोगकर्ताले कम्पनीले आफ्नो आगामी फ्ल्यागशिप फोनका रुपमा अनर ४० मे देखि जुन महिनाभित्र ल्याउने र यसमा नयाँ प्रोसेसर प्रयोग हुने पनि खुलाएका छन्।

तर यो फ्ल्यागशिपमा डिमेन्सिटी १२०० वा स्न्यापड्र्यागन ८८८ मध्ये कुन चिपसेट प्रयोग हुनेछ भन्ने खुलाइएको छैन। तर अनरले क्वालकम र मिडयाटेक दुवैसँग परामर्श गरिरहेको बुझिएको छ।

अनर ४० को मुख्य विशेषता यसमा प्रयोग गरिएको क्यामरा तथा त्यसको कार्यक्षमता रहने बुझिएको छ। अनर म्याजिकको फोल्डेबल फोनसँगै एउटा अर्को फ्ल्यागशिप ट्याब्लेट पनि सार्वजनिक हुने बताइएको छ।

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया