
काठमाडौं ।
डोल्पाका मुड्केचुला गाउँपालिकाभित्रका १३ वटा विद्यालयलाई कम्प्युटर वितरण गरिएको छ ।
शनिबार मालिका माध्यमिक विद्यालय नर्कु, अन्नपूर्ण माध्यमिक विद्यालय सर्मी, कालीका साधारण तथा प्राविधिक माध्यमिक विद्यालय कालीका, सूर्योदय आधरभूत विद्यालय भोटगाउँ, रारा आधारभूत विद्यालय ओक्ट, भैरव आधारभूत विद्यालय प्रतापटोल, नवज्योति आधारभूत विद्यालय औल, भानु आधारभूत विद्यालय इल, चन्द्रनाथ आधारभूत विद्यालय होर्त, डाँफे आधारभूत विद्यालय सुरलगायत १३ सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको हो ।
गाउँपालिकाले उपलब्ध गराएको २० वटा कम्प्युटर कालीका साधारण तथा प्राविधिक माध्यमिक विद्यालयले जडान गरी सञ्चालनमा ल्याएको छ ।
माध्यमिक विद्यालय तीन वटालाई प्रतिविद्यालय २० वटा कम्प्युटर, आधारभूत तहको कक्षा ८ चलेका तीन विद्यालयलाई प्रतिविद्यालय १० वटा कम्प्युटर प्रदान गरिएको छ । आजको गोरखापत्रबाट
प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार