पाेष्ट गरिएका सामग्रीकाे शुल्क लिन पाउने ‘सुपर फलोज’ सेवा सुरु गर्दै ट्विटर

  • Technology Khabar | १४ फाल्गुन २०७७, शुक्रबार
पाेष्ट गरिएका सामग्रीकाे शुल्क लिन पाउने ‘सुपर फलोज’ सेवा सुरु गर्दै ट्विटर
फाइल तस्बिर

काठमाडौं ।

ट्विटरले सुपर फलोज नाम गरेको सशुल्क सेवा सुरु गर्ने भएको छ। कम्पनीले आज एउटा सूचना जारी गर्दै अबदेखि प्रयोगकर्ताले फरक तथा एक्सक्लुसिभ कन्टेन्टका लागि फलाेअरहरुबाट शुल्क लिन सक्ने व्यवस्था गर्न लागेको जानकारी दिएको हो।

यो फिचर अहिले सार्वजनिक नभइ आन्तरिक परीक्षणका क्रममा रहेको कम्पनीले जनाएको छ। यो फिचर सार्वजनिक भएपछि हालसम्म नि:शुल्क सेवा दिँदै आएको ट्विटर अब भने कन्टेन्टमार्फत् प्रयोगकर्ताले विशेष तथा महत्वपूर्ण फलोअरहरुबाट रकम असुल्न सक्ने फिचर रहेका प्याट्रिअन, अन्लीफ्यान तथा सब्स्ट्याक जस्ता कम्पनीहरुको कित्तामा उभिने छ।

ट्विटरका एक प्रवक्ताका अनुसार कम्पनीले आफ्ना सेवाहरुको बदलामा आउने आर्थिक लाभका बारेमा पुनर्विचार तथा परीक्षण गरिरहेको छ।

‘सुपर फलोजजस्ता प्रापकले आर्थिक दायित्व वहन गर्ने सुविधाहरुले सर्जक तथा प्रकाशकहरुलाई आफ्ना कन्टेन्टका अडियन्सले आर्थिक सहयोग गर्ने वातावरण सिर्जना गर्दछ। यसले ती सर्जक तथा प्रकाशकहरुलाई आफ्ना अडियन्सको चाहना अनुसारका कन्टेन्ट निर्माणमा निरन्तरता दिन प्रेरित गर्दछ,’ ती प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसबाहेक कम्पनीले अन्य थुप्रै सेवा सुविधा तथा जानकारी उपलब्ध गराउने र यी सेवा तथा जानकारी आउने महिनाहरुमा उपलब्ध गराउँदै जाने बताएकाे छ।

 

प्रकाशित: १४ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

YADEA Nepal unveils the all-new GS70, GT70 and GT80

  • Technology Khabar
  • १४ फाल्गुन २०७७, शुक्रबार