कुमारी बैङ्कको क्यूआर कोड सेवा ग्वार्को तरकारी तथा फलफूल बजारमा शुरु

  • Technology Khabar | १३ फाल्गुन २०७७, बिहीबार
कुमारी बैङ्कको क्यूआर कोड सेवा ग्वार्को तरकारी तथा फलफूल बजारमा शुरु

काठमाडौं ।

कुमारी बैङ्क लिमिटेडले ललितपुर स्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा शुरु गरेको छ।

बैङ्कले व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा अर्थात क्यूआर सुविधा प्रधान गरी सहज भुक्तानीको विकल्प ल्याएको जनाएको छ ।

कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले व्यवसायीहरुलाई सो क्यूआर कोडहरू हस्तान्तरण गरे ।

नगद वा कार्डको विकल्पमा आफ्नो मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै कुमारी बैङ्कले आफ्ना ग्राहकहरूका लागि ‘कुमारी स्मार्ट’ नामको मोबाइल एप्लिकेशन प्रस्तुत गरेको छ । यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित र सजिलो भुक्तानी गर्न सकिन्छ ।

यस्तो सेवाको प्रयोग गर्दा कुनैपनि थप शुल्क नलाग्ने हुनाले कागजी नगद यो विकल्प नवीन र सहज पनि छ । यसका साथै कुमारी बैङ्कको क्यूआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको संख्या ७ हजार भन्दा बढी पुगेको बैङ्कले जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...