एलजीले वेबओएसकाे लाइसेन्स अन्य स्मार्ट टिभी कम्पनीलाई पनि उपलब्ध गराउने

  • Technology Khabar | १३ फाल्गुन २०७७, बिहीबार
एलजीले वेबओएसकाे लाइसेन्स अन्य स्मार्ट टिभी कम्पनीलाई पनि उपलब्ध गराउने

काठमाडौं ।

एलजीले आफ्नो टिभी अपरेटिङ सिस्टम वेब ओएस ६.० काे लाइसेन्स अन्य स्मार्ट टिभी निर्माता कम्पनीहरुलाई पनि उपलब्ध गराउने भएको छ।

कम्पनीले उक्त अपरेटिङ सिस्टमको नयाँ भर्जन गएको जनवरी महिनामा सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको नयाँ भर्जनमा पहिलेभन्दा थुप्रै परिवर्तन गरिएका बताइएकाे छ। तर ती परिवर्तनभन्दा पनि बढी चासाेकाे विषय भने उक्त ओएस अन्य टिभी निर्माताहरुलाई पनि उपलब्ध गराउने हाे।

यो अपरेटिङ सिस्टम प्रयोग गर्न आरसीए, अयोन्ज, तथा कोन्कालगायत विश्वका २० भन्दा बढी टिभी उत्पादक कम्पनीहरुले चासो देखाएका छन्। यसबाट थुप्रै डेभलपरहरुले टिभी प्रयोगकर्ताका लागि धेरै खाले एपहरु ब्नाउजहुने भएकाले डेभलपर तथा ग्राहक सबैका लागि खुशीको कुरा हुने आंकलन पनि कम्पनीले गरेकाे छ।

प्रयोगकर्ताको संख्याका हिसाबले भने वेबओएस एण्ड्राेइड टिभीभन्दा धेरै पछाडि छ। त्यसबाहेक वेबओएसको प्रयोग धेरै टिभी उत्पादकले गर्नुले कम्पनीलाई पनि आर्थिक बाहेक अन्य फाइदासमेत पुग्ने देखिएको छ। यसबाट एलजी च्यानलहरुको स्ट्रिमिङ सेवाका ग्राहकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि हुने आंकलन गरिएको छ।

वेबओएसको नयाँ भर्जन ६.० भने एलजी टिभीहरुमा मात्र उपलब्ध हुने

तर वेबओएसको नयाँ भर्जन ६.० भने एलजी टिभीहरुमा मात्र उपलब्ध हुनेछ। अन्य टिभी उत्पादकहरुले भने पावर्ड बाइ वेबओएस टिभी प्लेटफर्म मात्र पाउनेछन् जुन वेबओएसको अघिल्लो भर्जन ५.० मा आधारित हुनेछ।

एलजीले वेबओएसमा नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, युट्युब तथा अन्य धेरै स्ट्रिमिङ फिचर भएका अन्य साझेदार कम्पनीहरु लाई पनि समावेश गराउने नीति लिएको छ।

यस सम्बन्धमा एलजी होम इन्टरटेन्मेन्ट कम्पनीका अध्यक्ष पार्क ह्योङ सेइले भनेका छन्, ‘अन्य टिभी उत्पादकरुलाई वेबओएस टिभी इकोसिस्टममा जोड्दै हामी एउटा नयाँ गोरेटोतिर लम्किरहेका छौं, जहाँ नयाँ टिभीका ग्राहकहरुले एलजी टिभीमा उपलब्ध नयाँ विशेषताहरु र प्रयोगको नयाँ अनुभव लिन पाउनेछन्। हामी हाम्रा ग्राहकहरुलाई वेबओएस टिभीको अद्भूत दुनियाँमा ल्याउन व्यग्र प्रतीक्षामा छौं।’ एजेन्सी

प्रकाशित: १३ फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

YADEA Nepal unveils the all-new GS70, GT70 and GT80

  • Technology Khabar
  • १३ फाल्गुन २०७७, बिहीबार