स्न्यापच्याटकाे भिडियाे शेयरिङ एप स्पटलाइटमा प्रायाेजित सामग्री प्रतिबन्धित

  • Technology Khabar | १३ फाल्गुन २०७७, बिहीबार
स्न्यापच्याटकाे भिडियाे शेयरिङ एप स्पटलाइटमा प्रायाेजित सामग्री प्रतिबन्धित

काठमाडौं ।

टिकटककाे प्रतिद्वन्द्वीका रुपमा आएकाे स्न्यापच्याटकाे भिडियाे शेयरिङ एप स्पटलाइटले प्रायाेजित सामग्रीमा प्रतिबन्ध लगाएकाे छ।

स्पटलाइटमा राखिएका थुप्रै भिडियाेहरुका लागि लाखाैं डलर खर्च गर्दै प्रयाेगकर्तालाई आकर्षित गरेकाे स्पटलाइटले भिडियाेमा प्रायाेजित सामग्री भने राख्न नमिल्ने नियम ल्याएकाे हाे।

राम्राे चल्ने भिडियाेका सर्जकहरुलाई सिधै रकम भुक्तानी गरी टिकटकका ग्राहकसमेत तानेकाे स्पटलाइटकाे याे निर्णयले भने भिडियाे सर्जकहरुमा नैराश्यता ल्याएकाे छ।

याे निर्णयपछि थुप्रै भिडियाे निर्माताहरुले स्न्यापच्याटकाे भुक्तानी नीति दीगाे नहुने र यदि विभिन्न ब्राण्डहरुलाई समायाेजन गर्दै नलगे छिट्टै याे संस्था भुक्तानी दिन नसक्ने स्थितिमा आउने आकलनसमेत गरेका छन्।

कम्पनीले प्रायाेजित सामग्री मात्र नभइ सम्बन्धित लिङ्क शेयर गर्नमा पनि प्रतिबन्ध लगाएकाे छ। स्न्यापच्याटकाे भुक्तानी सेवाकाे इजाजत सन् २०२० काे अन्त्यसम्मका लागि मात्र दिइएकाेले याे कहिलेसम्म चल्छ भन्ने यकिन छैन।

यस क्षेत्रका विज्ञहरुले भने स्न्यापच्याटले भिडियाे सर्जकहरुले भुक्तानी पाउने दिगाे वातावरण बनाएर अगाडि बढेमा मात्र सफल हुने विचार व्यक्त गरेका छन्। एजेन्सी

प्रकाशित: १३ फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

YADEA Nepal unveils the all-new GS70, GT70 and GT80

  • Technology Khabar
  • १३ फाल्गुन २०७७, बिहीबार