
काठमाडौं ।
एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्सले विभिन्न मोडेल र क्षमताको एलजी वासर ड्रायर वासिङ्ग मेसिन नेपाली बजारमा भित्र्याएको छ।
एलजीका विभिन्न मोडेलका वासिङ्ग मेसिन रहेको छ। जसमध्ये केही मोडेलहरुमा ८ देखि १८ केजी सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा शत प्रतिशत केही समयमै सुकाउने सुविधा रहेको छ।
यस वासिङ्ग मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने, एलर्जी हुने, कपडा खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीको दावी छ।
साथै एलजी वासर ड्रायरको प्रयोगले सफा र चिटिक्क परेका लुगाहरु सिधै मेसिनबाट निकालेर लगाउन सकिन्छ।
नयाँ वासिङ्ग मेसिनमा भएको एआईडीडीलले कपडाको किसिम, तौल साथ–साथै कोमलता पता लगाई कपडाको लागि आफै उच्चतम धुने तरिका निर्वाह गर्दछ, जसले गर्दा कपडाको धुलाई राम्रो हुनुको साथै कपडालाई लामो समय सम्म बचाउने कम्पनीको भनाई छ।
त्यसैगरि स्टिम प्लस टेक्नोलोजीको बाफले कपडाको किसिमलाई मुलायम बनाउनुको साथ–साथै ९९.९ प्रतिशतसम्म किटाणु रहित बनाउने र टर्वो वास ३६० डिग्री टेक्नोलोजीले कपडालाई ३९ मिनेटमा धुन्छ जसले पानी, बिजुली र समयको बचत गर्दछ।
यो वासिङ्ग मेसिन थिङ्क आईओटी एपको मध्यमबाट यस मेसिनलाई वाईफाईको मद्दतबाट जताबाट पनि चलाउन सकिन्छ। यस मेसिनमा १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: ४ फाल्गुन २०७७, मंगलवार