वर्ल्डलिंक कम्यूनिकेसन्सले बिराटनगरमा खोल्यो आफ्नो नयाँ ग्राहक सेवा केन्द्र

  • Technology Khabar | ४ फाल्गुन २०७७, मंगलवार
वर्ल्डलिंक कम्यूनिकेसन्सले बिराटनगरमा खोल्यो आफ्नो नयाँ ग्राहक सेवा केन्द्र

काठमाडौं ।

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेसन्स् लिमिटेडले नेपालको औद्योगिक नगरी बिराटनगरको पुष्पलाल चोकमा आफ्नो नयाँ ग्राहक सेवा केन्द्रको सुभारम्भ गरेको छ।

यस ग्राहक सेवा केन्द्रको आज मंगलबार सुभारम्भ गर्दै कम्पनीका पुर्वान्चल क्षेत्रीय प्रमुख शंकर राज शिवाकोटीले बिराटनगरको उत्तरी भेग र आसपासका क्षेत्रहरुका ग्राहकहरुलाई उहाँहरुकै नजिक रहेर आफ्नो सेवा तथा ग्राहक संगको सम्बन्धलाई अझ प्रगाढ र बिश्वासिलो बनाउने बताए।

हाल कम्पनीले ग्राहकको माग र आवश्यकता अनुसार १० एमबीपीएसदेखि १०० एमबीपीएससम्मको इन्टरनेटका साथमा नेटटिभी लगायतका अतिरिक्त सेवा उपलव्ध गराईरहेको छ।

२.४ गीगाहर्जको वाईफाईमा ब्याण्डको सिमितता तथा हरेक घर र कोठाहरुमा रहेका वाईफाई संकेत हरुको आपसी इन्टरफेरेन्स ले गर्दा एफटीटीएच प्रबिधि मार्फत आफुहरुले प्रदान गरेको उच्च गतिको सेवाको अनुभब कुनै कुनै बेला ग्राहकहरुले सोचे जस्तो नहुन सक्ने भन्दै कम्पनीका क्षेत्रीय प्रमुख शंकर राज शिवाकोटीले त्यसको लागि ग्राहकको घरमा राखेको वाईफाई राउटरलाई उचित तथा खुल्ला स्थानमा राखेमा, धेरै कोठा तथा तल्लामा चलाउनु परेमा अतिरक्त वाईफाई राउटर राखेमा तथा ग्राहक को मोबाईल तथा ल्यापटपमा ५ गीगाहर्ज सपोर्ट गर्दछ भने ५ गीगाहर्ज डुअल ब्याण्डको वाईफाई राउटर राखेर सेवा प्रदायकले प्रदान गरेको गतिमा हमेसा इन्टरनेट चलाउन सकिने बताए।

कम्पनीको देशभर हाल करिब पाँच लाख ग्राहक रहेको जनाएको छ ।

प्रकाशित: ४ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार