स्पोटिफाइका कर्मचारीहरूले जहाँसुकैबाट काम गर्न सक्ने सुबिधा

  • Technology Khabar | २ फाल्गुन २०७७, आईतवार
स्पोटिफाइका कर्मचारीहरूले जहाँसुकैबाट काम गर्न सक्ने सुबिधा

काठमाडौं ।

म्यूजिक स्ट्रिमिङ कम्पनी स्पोटिफाइले आफ्ना कर्मचारीहरूलाई कार्यालय नआईकन नै काम गर्न लचकता दिएको छ।

कम्पनीले कामदारहरूलाई भनेको छ कि उनीहरु कोभिड १९ को महामारीलाई ध्यानमा राखेर उनीहरुले कहिँबाट पनि पूर्ण समय काम गर्न सक्छन। यसको अर्थ कर्मचारीहरुलाई कार्यालय वा घर जहाँबाट भएपनि काम गर्न पूर्ण स्वतन्त्रता हुनेछ।

यसका साथै कम्पनीले कामदारहरुको लागी काम सजिलो बनाउनको उनीहरुको वरपरको स्थानकोबारेमा समेत जानकारी प्रदान गर्नेछ। अब स्पोटीफाईका कर्मचारीहरू कुनै पनि देश वा शहरबाट काम गर्न सक्षम हुनेछ। कम्पनीले मनपर्ने स्थानबाट नै काम गर्ने कर्मचारीहरूको लागि रिमोट वर्क सिस्टममा समेत काम गर्दैछ।

कम्पनीले आफ्नो ब्लगमा लेख्यो, ‘हामी हाम्रा कामदारहरूलाई कार्य संस्कृतिका लागि पूर्ण लचिलोपन दिन चाहन्छौं। हाम्रा सबै कर्मचारीहरू बिनाकुनै समस्या पूर्ण क्षमताका साथ आरामसँग काम गर्न सक्दछन् भन्ने हामी सुनिश्चित गर्न चाहान्छौं । हाम्रा कर्मचारीहरू डेस्कमा छन् कि छैन भन्ने हेर्नेछौं चाहे उनीहरु कन्फ्रेन्स रुपममा वा क्याफेमा, तिनीहरू सबै ठाउँबाट सबै काम गर्न सक्दछन्।’

प्रकाशित: २ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...