चीनका प्रमुख दुई टेक कम्पनीहरु अदालती मुद्धामा

  • Technology Khabar | २३ माघ २०७७, शुक्रबार
चीनका प्रमुख दुई टेक कम्पनीहरु अदालती मुद्धामा

काठमाडौं ।

चीनको प्रमुख टेक कम्पनीहरु एक आपसी विवादमा परेका छन् । टिकटकको मालिक बाइटडान्स र अर्को टेक कम्पनी टेन्सेन्ट अदालत पुगेका छन्।

टिकटकको मालिक बाइटडान्सले टेन्सेन्टको विरुद्ध मुद्दा दायर गरेको छ। बाइटडान्सको अनुसार टेन्सेन्टले अविश्वास कानूनलाई तोडेर वीच्याट र क्यूक्यूको कन्टेन्टलाई डुईनबाट पहुँच दिएको थिएन।

वीच्याट र क्यूक्यूको करिब दुई अर्ब मासिक सक्रिय प्रयागकर्ता रहेका छन् । डुईनको भने करिब ६० करोड मासिक सक्रिय प्रयागकर्ता रहेको अनुमान छ ।

डुईन भनेको टिकटकको चिनियाँ भर्सन हो । बाइटडान्सले टेन्सेन्टबाट क्षतिपूर्ति स्वरुप भुक्तानीको रुपमा १४ मिलियन डलर मागेको छ।

बाइटडान्सले आफ्नो र प्रयोगकर्ताहरुको अधिकार राख्नका लागी मुद्धा हालेको बताएको छ । चीनले हालैमा ज्याक माको अलिबाबा ग्रुप विरुद्ध पनि अविश्वास कानून तोडिएको छ की छैन भन्ने बारे अन्वेषण गरिरहेको छ ।

प्रकाशित: २३ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २३ माघ २०७७, शुक्रबार