
काठमाडौं ।
फेसबुकले सनग्लास ब्रान्ड रेबनसँग मिलेर सन् २०२१ मा स्मार्ट ग्लास सार्वजनिक गर्ने भएको छ ।
फेसबुकका साथै एप्पल लगायत केहि ठूला कम्पनी पनि स्मार्ट ग्लास र एआर टेक्नोलोजी युक्त ग्लासेस उत्पादनमा केन्द्रित भइरहेका छन् ।
स्मार्ट टिभी, स्मार्ट फोन र स्मार्ट वाचपछि अब बजारमा आउँदै छ, स्मार्ट ग्लास
बजारमा केहि ठूला कम्पनी स्मार्ट ग्लास बनाइरहेका छन् । यो ग्लास सामान्य ग्लास जस्तो हुँदैन । यसमा टेक्नोलोजीको प्रयोग गरिएको हुन्छ र यसमा स्मार्टफोनको जस्तो फिचर हुन्छ । यो स्मार्ट ग्लासलाई स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ ।
यो वर्ष फेसबुक आफ्नो पहिलो स्मार्ट ग्लास सार्वजनिक गर्ने योजनामा रहेको छ । यसका लागि फेसबुकले रेबनसँग काम गरिरहेको छ । रेबन हरेक प्रकारको ग्लास बनाउनका लागि चर्चित छ ।
के हुन्छ स्मार्ट ग्लासमा
सामान्य भाषामा भन्नुपर्दा स्मार्ट ग्लास वा अग्मेन्टेड रियालिटी स्मार्ट ग्लास टेक्नोलोजी युक्त चस्मा हो । साधारण चस्माको तुलनामा यी ग्लासमा भर्चुअल इर्फमेन्सन हुन्छ । स्मार्टफोनमा जस्तै यसमा फोटो र भिडियोको विकल्प हुन्छ । फोनको नोटिफिकेसन थाहा हुन्छ, नेभिगेसन हुन्छ। यसमा फिटनेस ट्रयाकर र हेडफोन बिना म्यूजिक सुन्न सकिने प्रविधि हुन्छ ।
प्रकाशित: २१ माघ २०७७, बुधबार