शाओमी अमेरिकी प्रशासनको निर्णय विरुद्ध अदालतमा, निर्णयलाई अवैध घोषणा गर्न माग

  • Technology Khabar | १९ माघ २०७७, सोमबार
शाओमी अमेरिकी प्रशासनको निर्णय विरुद्ध अदालतमा, निर्णयलाई अवैध घोषणा गर्न माग

काठमाडौं ।

चिनियाँ स्मार्टफोन निर्माता शाओमी कर्पले आइतबार भनेको छ कि अमेरिकाको रक्षा विभाग र ट्रेजरी विभाग विरुद्ध कानूनी मुद्धा दायर गरिएको बताएको छ ।

कम्पनीले हङ्गकङ्ग स्टक एक्सचेन्जको सूचनामा कम्पनीको हितको रक्षा गर्न कानूनी गुनासो गरिएको बताएको रोयटर्सले उल्लेख गरेको छ।

कम्पनीले शुक्रबार वाशिङटन जिल्ला अदालतमा अमेरिकी रक्षा र ट्रेजरी विभागको बिरूद्ध उजुर गरेको छ र चिनियाँ स्मार्टफोन निर्मातालाई चीनको सेनासँग सम्बन्ध राख्ने कम्पनीहरूको आधिकारिक सूचीबाट हटाउन माग गरेकोछ।

शाओमीले निवेदनमा कम्पनीलाई ‘कम्युनिष्ट चिनियाँ सैन्य कम्पनी’ को रूपमा समावेश गर्ने अमेरिकी निर्णयको ‘गलत तथ्य’ भएको बताउँदै अदालतले यो निर्णयलाई अवैध घोषणा गर्न माग गरेको छ ।

यहि जनवरीको मध्यमा ट्रम्प प्रशासनको अधीनमा रहेको डिफेन्स डिपार्टमेन्टले शाओमी र आठ अन्य कम्पनीहरूलाई सूचीमा समावेश गरेको थियो, जसका लागि अमेरिकी लगानीकर्ताहरूले निर्धारित समयावधिमा कम्पनीहरूको होल्डिङ्ग डाइभस्ट गर्न आवश्यक छ।

शाओमीले भनेको छ- ‘कम्पनीका ७५ प्रतिशत मतदान अधिकार, भारित संरचना अन्तर्गत, सह संस्थापकहरु लिन बिन र लेई जूनले राखेका थिए र यो सेनासँग सम्बद्ध व्यक्ति वा संस्थाको स्वामित्व वा नियन्त्रण थिएन।’

प्रकाशित: १९ माघ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...