सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध

  • Technology Khabar | १६ माघ २०७७, शुक्रबार
सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध

काठमाडौं ।

सिटिजन्स बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागि सम्झौता भएको छ।

यस प्रणाली अन्तगर्त बैंकका ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्लेटफर्म मार्फत बैंकमा नगई आफैँले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस तथा आइपीएसमा भुक्तानी कारोबारहरु गर्न सक्ने बैंकले जानकारी दिएको छ।

प्रकाशित: १६ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार