सहकारी व्यवस्थापन सफ्टवेयरमार्फत महाबौद्ध सहकारीले सदस्यको विवरण अपडेट गर्ने

  • Technology Khabar | १३ माघ २०७७, मंगलवार
सहकारी व्यवस्थापन सफ्टवेयरमार्फत महाबौद्ध सहकारीले सदस्यको विवरण अपडेट गर्ने

काठमाडौं ।

चितवन नारायणगढ स्थित महाबौद्ध सहकारीद्धारा सहकारी व्यवस्थापन सफ्टवेयरमार्फत सदस्यलाई अनलाइन बैंकिङ्ग सुबिधा प्रदान गर्न थालेकोछ ।

नेपाल राष्ट्र बैंक तथा बिभिन्न निकायले जारी गरेको निर्देशन अनुसार आफ्नो सदस्यको विवरण अपडेट गर्नका लागी गुरु इन्फोसिस प्रा लिसँगको सहकार्यमा गरी ई-केवाईएम (e-KYM) सुरु गरेको छ।

महाबौद्ध सहकारीका सदस्यले घरमै बसेर कुनै पनि बेला आफ्नो विवरण अपडेट गर्न सक्नेछन् । सदस्यले आफ्नो व्यक्तिगत विवरण, पारिवारिक विवरण, व्यवसायिक विवरण, तीन पुस्ते विवरण, हकवालाको विवरण, आम्दानिको श्रोत, फोटो, परिचयपत्र, आदी अपडेट गर्न सक्नेछन ।

यो सेवा सुरु भए लगतै सदस्यहरु लाईन बस्न पर्ने झन्झट्बाट मुक्त हुनेछन् ।

महाबौद्ध सहकारीले यसअघि नै मोबाईल बैंकिङ्ग, रिचार्ज र ब्यालेन्स जानकारीका लागी मिस्ड कल बैंकिङ्ग ,बजार प्रतिनिधीका निम्ती अनलाईन ट्याबलेट बैंकिङ्ग प्रयोगमा ल्याएको छ।

सम्भवत यो सहकारी क्षेत्रमै नेपालमै पहिलो पटक प्रयोग गरिएको जानकारी गुरु इन्फोसिसका कार्यकारी अधिकृत सुधिर सापकोटाले जानकारी दिए।

प्रकाशित: १३ माघ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार