खल्ती डिजिटल वालेट चौथो बर्षमा, बार्षिकोत्सवमा ल्यायो उपहार योजना

  • Technology Khabar | १३ माघ २०७७, मंगलवार
खल्ती डिजिटल वालेट चौथो बर्षमा, बार्षिकोत्सवमा ल्यायो उपहार योजना

काठमाडौं ।

पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौथो बर्षमा प्रवेश गरेको छ । खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ्ग कारोबार सहज र सरल बनाउँदै आएको छ ।

सुरू गरेको तीन बर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयोगकर्ता भएका थिए।

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ । यसको प्रयोग गरेर मोवाइलबाटै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिने कम्पनीले जानकारी दिएको छ।

खल्तीले बार्षिकोत्सवका अवसरमा प्रबर्द्धनात्मक योजना सुरू गरेको छ । यस योजना अन्तर्गत कुल १६ जना प्रयोगकर्ताले ४ हप्तासम्म ४ ओटा सुविधा मध्य कुनै एकको भुक्तानी गरी सहमागी भएर निम्न उपहार जित्न सक्नेछन्।

हरेक हप्ताः

  • डिटिएचको शुल्क भुक्तानी गर्नेलाई- १ टिभी
  • मोबाइल रिचार्ज गर्ने लाई- १ स्मार्टफोन
  • इन्टरनेट शुल्क भुक्तानी गर्नेलाई- १ बर्षे इन्टरनेट सब्क्रिप्शन
  • खल्ती बैंक डायरेक्ट अन्तर्गत बैंक लिंक गर्दा- १ स्मार्ट वाच

यो योजना यही जनवरी २६ देखि फेब्रुअरी २६ सम्म एक महिना संचालन हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १३ माघ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १३ माघ २०७७, मंगलवार