सामसङ ग्यालेक्सी एस २१ सिरिजको प्रि-बुकिङ शुरु, मूल्य १लाख १० हजार रुपैयाँ माथि

  • Technology Khabar | ९ माघ २०७७, शुक्रबार
सामसङ ग्यालेक्सी एस २१ सिरिजको प्रि-बुकिङ शुरु, मूल्य १लाख १० हजार रुपैयाँ माथि

काठमाडौं ।

सामसङले केहि अघि विश्व बजारमा सार्वजनिक गरेको आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस २१ सिरिज नेपाली बजारमा पनि सार्वजनिक गर्ने भएको छ।

कम्पनीका अनुसार एस २१ सिरिज फोनको प्रि-बुकिङ २२ जनवरीदेखि सुरु भएकोछ । विश्वभर प्रयोगकर्ताहरुले यसको अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामरा र आकर्षक डिजाइनका लागि फोन निकै रुचाएका छन् ।

यो स्मार्टफोन उत्कृष्ट क्यामरा खोज्ने प्रयोगकर्ताहरूको लागि शक्तिशाली प्रोसेसर सहित बनेको कम्पनीको दाबी छ ।

विभिन्न रंगमा उपलब्ध यस फोनको डिजाइनले नयाँ स्टाइलसहित एक परिष्कृत रुप प्रदान गरेको छ ।

सामसुङ नेपालले यस स्मार्टफोन खरिद गर्न चाहने उपभोक्ताहरुका लागि आकर्षक योजना सहित प्रि-अर्डर घोषणा गर्ने दाबी गरेको छ।

कम्पनीको ग्यालेक्सी एस२१ सिरिजको मूल्य नेपाली बजारमा १ लाख १० हजार रुपैयाँ देखि शुरु हुनेछ।

प्रकाशित: ९ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...